Bhana K Chha Bandobasta


भन के छ  वन्दोबस्त…२, म आउदै छु, सुस्तसुस्त…२।
बोकेर प्रेम गंगा…२, तिम्रो दिलको भित्र…२। 
भन के छ  वन्दोबस्त।…२

[छ के कुरा नै त्यस्तो, लुकाउनु पर्ने अहिले।
फूलकै पनि त अत्तर, कैदी हुदैन कहिल्यै।]…२
संसार खुला छ अचेल…२, माया यो कन्चन पानी।
रंग माथी रंग पोतेरै…२, रंगीन छ जिन्दगानी…२।
भन के छ  वन्दोबस्त।…२

[मिठो मसिनो के छ, के के छ मात लाग्ने।
यो प्रेम रोग लाई, ओखती काम लाग्ने।]…२
म फिदा छु तिमी संगै…२, भन के दिन्छौ आज।      
चढिरहेछ नशा…२, ढल्किरहेछ साँझ…२।
भन के छ  वन्दोबस्त।…२  
You Might Also Like These Songs
Total Views