Mai Moro Sojho


[पानी है पर्यो धरर, कान्छीको केश भिजायो।
केशको पानी बगेर, निदारको टिका बगायो।]…२
मै मोरो सोझो…२, पछि लागे पानीको।
थाहा भएन हेर्नु हुन्न, वैश नानीको।
मै मोरो सोझो, पछि लागे पानीको।
थाहा भएन, हेर्नु हुन्न, वैश नानीको।

कहाँ हेरौं…५ भयो, आकाश तिर हेरें।
घामले आँखा, खोल्नै सकिन।
के बोलुँ …५ भयो, कान्छीको छेउमा पुंगे।
तर, बोल्नै सकिन।
कान्छी हिडिन भीरको बाटो, मलमलको बर्को ओढेर।
ओढु झैँ लाग्यो मलाई पनि, त्यहि बर्को माँगेर। 
[मै मोरो सोझो, पछि लागे बर्कोको।
थाहा भएन हेर्नु हुन्न, वैश अर्को को।]…२

गाजलु आँखा तिर…२, मन मेरो टोलायो।
लाग्छ त्यो मनले…२, बल्ल मलाई बोलायो।
कान्छी हिडिन खोलैखोला, फरिया थोरै सारेर।
फर्किउँ लाग्यो मलाई पनि, कान्छीलाई खोली तारेर।
[मै मोरो सोझो, पछि लागे पानीको।
थाहा भएन हेर्नु हुन्न, वैश नानीको।]…३

मै मोरो सोझो, पछि लागे बर्कोको।
थाहा भएन हेर्नु हुन्न, वैश अर्को को।
You Might Also Like These Songs
Total Views