Bhaisi Ladyo Hai Maya


[छोरा चाहीं है माया, हिड्दछ डुलेर।
तरुनीको है माया, गफैमा भुलेर।]...२

भन्न लागिन आमा चाहिले, त्यों छोरालाई हेर।
घरको काम, गर न छोरा, को छ यतिखेर।
गाउँ घरका जोरीपारी, हास्न लागे हेर।
छड्के टोपी लगाईं हिड्छन, ढाँचा पारी हेर।
मर्ने बेला है माया, भै सक्यो मेरो।
यो घरबारी है माया, सबै नै हो तेरो।

आमा चाहींको कुरा सुनी, छोरो छक्क पर्यो।
एउटा चुरोट सल्काएर, तल्लो घरमा पस्यो।
तल्लो घरमा पस्नासाथ, भन्यो कान्छालाई।
मेरो पनी लौ है भैसी, हेरु देउ है दाई।
भैसी छोड्यो है माया, अर्काको भरमा।
आफु हिड़यो है माया दार्जिलिंग शहरमा।

हातमा घडी साईकल चढ़ी, होटेलैमा पस्यो।
तरकारी र हलुवा पुरी खान मेचमा बस्यो।
आमा चाहीं घरमा हेर, रुन्छिन धरधर।
छोरा चाहीं बस्ने हैंन, एकैछिन घर।
भैसी लड्यो है माया, भीरबाट हेर।
नौसय साठी माया, गईहाल्यो लौ खेर।

सुपारी र चुरोट च्यापी, आइपुग्यो छोरो।
रुँदै भन्छिन बूढी आमा, कहाँ गैथिस मोरो।
भैसी पनी मरिहाल्यो, कर्र दाह्रा किटी
रुँदै भन्छिन बूढी आमा, छाती पीटीपिटी। ।
भैसि मर्यो है माया, खुत्रुक्कै हेर।
नौंसय साठी माया, गैहाल्यो लौ खेर।

छोरा चाही है माया, हिड्दछ डुलेर।
तरुनीको है मायाँ ,गफैमा भुलेर।...२ 
You Might Also Like These Songs
Total Views