Ma Timro Shahar Chodi

 
म तिम्रो सहर छोडी टाढा, टाढा जाँदै छु।
तिमीसँग कहिले नभेट्ने, कसम खाँदैछु।
म तिम्रो सहर छोडी टाढा, टाढा जाँदै छु।
तिमीसँग कहिले नभेट्ने, कसम खाँदैछु।
म तिम्रो सहर छोडी, टाढा।

तिमीलाई, दिल दिँदा। ... ३
सजाय यो पाएँ।
तिमीलाई दिल दिँदा, सजाय यो पाएँ।
मैले आफ्नै नजरमा, कति धोका खाँए।
त्यो हाम्रो प्रेम कहानी, बिर्सेर जाँदैछु।
तिमीसँग कहिले नभेट्ने, कसम खाँदैछु।
म तिम्रो सहर छोडी, टाढा।

मेरो प्यार सम्झी, तिमी। ... ३
छटपटिनु पर्ला।
मेरो प्यार, सम्झी तिमी, छटपटिनु पर्ला।
आफ्नो गल्ती सम्झी, पछुताउनु पर्ला।
यो सहर तिमीलाई दाइजो, छोडेर जाँदैछु।
तिमीसँग कहिले नभेट्ने, कसम खाँदैछु।

म तिम्रो सहर छोडी टाढा, टाढा जाँदै छु।
तिमीसँग कहिले नभेट्ने, कसम खाँदैछु।
म तिम्रो सहर छोडी, टाढा।
You Might Also Like These Songs
Total Views