[जून फूल मैले चाहेको थिएँ, कसैले टिपेछ।
सौन्द्रय भने, त्यो सधै मेरो, आँखामा लुकेछ।]... २

सुख र दुख संगाली दिने, जीवनमा त्यै थियो।...२
दिन रात अब, म देखि टाढा, भएर गैदियो।
बिरानो बनि, प्रतिपल मेरो, यो मुटु धड्किन्छ।
बितेका तिनै पुराना कुरा, सम्झाई तड्पिन्छ।

बाँची नै रह्यो केबल त्यो चाहि, मुटुमा चोट पारी।...२
त्यो मेरो थियो, स्नेहको दियो, मनको हितकारी।
चर्केको माया, जोडिदिने फेरि, बस्तु नै के छ र।
मनमा रह्यो, विरह ब्यथा, भन्नु नै के छ र।
जून फूल मैले, चाहेको थिएँ। 


[आँखा छोपी नरोउ भनि, भन्नुपर्‍या छ।
मुटु माथि ढुंगा राखि, हाँस्नुपर्‍या छ।]…२

[भोली उठी कहाँ जाने, केही थाहा छैन।
फर्कि आउने हो कि होईन, केही थाहा छैन।]…२
वाचा छिट्टै आउछु भनि, गर्नुपर्‍या छ।
मुटु माथि ढुंगा राखि, हाँस्नुपर्‍या छ।

[छातीभरि गाँउ-बेशी, पखेरीको छाँया।
आखाँभरि मेलापात, मायालुको माया।]…२
आफैलाई छाडी कतै, जानुपर्‍या छ।
मुटुमाथि ढुंगा राखि, हाँस्नुपर्‍या छ।

[भन्ने कुरा कति थियो, छाती भित्रै रह्यो।
परेलीका ओठबाट, आँशु झरी रह्यो।]…२
कुल्चीएर आफैलाई, हिड्नुपर्‍या छ।
मुटुमाथि ढुंगा राखि, हाँस्नुपर्‍या छ।

आँखा छोपी नरोउ भनि, भन्नुपर्‍या छ।
मुटु माथि ढुंगा राखि, हाँस्नुपर्‍या छ...२।



तिमीलाई भुल्दा, म एक्लो परेछु।
तिमीलाई सम्झे, तिमी साथ आयौ।
कुनै चिज मिठो, म खोजिरहेथे।
म सोचिरहेथे, तिमी याद आयौ।
तिमीलाई भुल्दा, म एक्लो परेछु।
तिमीलाई सम्झे, तिमी साथ आयौ।

उज्यालो बढे झैँ, भयो आज झनझन।...२
उज्यालो त, मुस्कानले बढ्छ भन्छन।
कि मै लाई सम्झी, तिमी मुस्कुरायौ।
कि आएऊ तिमी, चादनी रात आयो।
कुनै चिज मिठो, म खोजिरहेथे।
म सोचिरहेथे, तिमी याद आयौ।
तिमीलाई भुल्दा, म एक्लो परेछु।
तिमीलाई सम्झे, तिमी साथ आयौ।

तिमीले पनि सम्झिएकी भए लौ।…२
चुम्यौ चाहनाले, अझै मन परायौ।
मलाई भुलेकी, भए के भनु खै।
तिमी हर्ष आयौ, कि विश्मात आयो।
कुनै चिज मिठो, म खोजिरहेथे।
म सोचिरहेथे, तिमी याद आयौ।
तिमीलाई भुल्दा, म एक्लो परेछु।
तिमीलाई सम्झे, तिमी साथ आयौ।



मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछौ यो पीर हो।
जे छन, सबै ति व्यर्थ छन, तिमी भन्दछौ यो प्यार हो।
मलाई जिन्दगी यो लाग्दछ।

बहकिन्छु म सन्तापले, सल्केर आगो जल्दछु।
खाली भएर सुन्य झैँ, यहाँ खण्ड हरुझैँ जिउदछु।
मेरा सारा-सारा अभावलाई, आकाश मेरो भन्दछु।
तर मोहलाई म के भनु, तिमी भन्दछौ यो भार हो।
मलाई जिन्दगी यो लाग्दछ।

पोखिएकै म पानी भै, कहीं शीत भै म अल्झिए।
थाम्न नसक्दा वेदना, कहिँ घाऊ भएर बल्झिए।...२
निर्दोष अनेक नजरमा म, आँशु बनेर रोकिए।
मझधार लाई म के भनौ, तिमी भन्दछौ यो किनार हो।

मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछौ यो पीर हो।
मलाई जिन्दगी यो लाग्दछ। 



झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी।
निभेको दीप झैँ भयो, उदाश मेरो जिन्दगी।
झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी।

चुरा फुटेसरि भयो, चरा हरु उडिगए।...२
हजार कोपिलाहरू, नमुस्कुराउदै झरे।
उठेको बस्ती झैँ भयो, प्रवाश मेरो जिन्दगी।

बिहान जो खुशी थियो, जलेर साँझ भैसक्यो।...२
भिजेको पात-पातमा, निषाद को कथा थियो।
अधेरी रात झैँ भयो, बिषाद मेरो जिन्दगी।

जलिरहेछ लाश भित्र, भित्र कहीं छातीमा।...२
टुटे-फुटेका स्वप्न झैँ, अँध्यारो मात्र छातीमा।
जीवन बगर सरि भयो, उराठ मेरो जिन्दगी।

निभेको दीप झैँ भयो, उदाश मेरो जिन्दगी।
झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी।


[साउनको झरी बनि, तिमी आऊ न।
मेरो मनको अन्धेरिमा, जुन छाऊ न।]...२

हो…बाफ़िएर आज हिमाल, किन रोएछ।...२
कता-कता मनभित्र, घाऊ दुखेछ।
बिहानी भो किरण संगै, तिमी आऊ न।
छातीभित्र मुटु बोल्छ, तिमी आऊ न।
मेरो मनको अन्धेरिमा, जुन छाऊ न।
साउनको झरी बनि।

हो…निसास्सिएको पारी पाखा, कति धुमैलो।...२
डुब्दै जाने घामले हो कि, डढेलो लागेको।
भन्ज्यांग अनि पाखा भन्छ, तिमी आऊ न।
फूलहरु रोई भन्छ, तिमी आऊ न।
मेरो मनको अन्धेरिमा, जुन छाऊ न।
साउनको झरी बनि। 



[आज भोली हरेक साँझ, मातिन थालेछ।
जिन्दगी देखि जिन्दगी, आतिन थालेछ।]...२
आज भोली, हरेक साँझ।

रहरै रहरमा पिए, विवश भएर पिए।...२
दुखमा पिए, सुखमा पिए।...२
पिउदिन पिउदिन, भन्दै पिए।
आजभोली जिन्दगानी, छोटिन थालेछ।
जिन्दगी देखि जिन्दगी, आतिन थालेछ।
आज भोली, हरेक साँझ।

मन्दिरमा बसेर पिए, मसानमा लडेर पिए।...२
नाचेर पिए, हाँसेर पिए।...२
एकान्तमा कहिलेकाहीं, रुदै पिए।
आजभोली हरेक रात, रक्सिन थालेछ।
जिन्दगी देखि जिन्दगी, आतिन थालेछ।
आज भोली, हरेक साँझ।



सधैँ नै म हाँसे, तिमीलाई रुवाई।
आज सारा खुसी, म दिन तयार छु।
तिम्रा पिरहरू ती, केही मेटिएला।
जुनीभरको लागि म लिन तयार छु।
सधैँ नै म हाँसे, तिमीलाई रुवाई।
आज सारा खुसी, म दिन तयार छु।

कहाँ मेरो भाग्य ,तिमीलाई पाउने।...२
तर बाँचुन्जेल यहाँ ,घात गर्ने छैन।
तिमी हाँसिदेऊ, यो आँट नै लिएर।
कुनैदिन म तिम्रो, साथ छोड्ने छैन।
सधैँ नै म हाँसे, तिमीलाई रुवाई।
आज सारा खुसी, म दिन तयार छु।

कहाँ मेरो हक छ, तिमीलाई टिठ्याउने।...२ 
तर मृत्युसम्म, गलहत्याउने छैन !!
तिमी बाँचिदेउ, तिमी नै भएर।
अरु धेर मलाई, केही चाहिँदैन।

सधैँ नै म हाँसे, तिमीलाई रुवाई।
आज सारा खुसी, म दिन तयार छु।
तिम्रा पिरहरू ती, केही मेटिएला।
जुनीभरकोलागि, म लिन तयार छु।
सधैँ नै म हाँसे, तिमीलाई रुवाई।
आज सारा खुसी, म दिन तयार छु। 



अल्झेछ क्यारे, पछ्यौरी तिम्रो, चियाको बुटामा।…२
बल्झेछ क्यारे, सिमलको काँडा, कलिलो खुट्टामा।
अल्झेछ क्यारे, पछ्यौरी तिम्रो, चियाको बुटामा।

आउँथ्यो कि चेली, भनेर आमा, दोबाटो धाई की।… २
तीजमा पनि, बिर्सिछ क्यारे, गरिब माईती।
सल्ला झैं आमा... सुसाई रहिन…२, एक्लै कोठामा।
अल्झेछ क्यारे, पछ्यौरी तिम्रो, चियाको बुटामा।…२

छोरीलाई आषिस, थाप्न पाईन अन्तिम कालैमा।…२
भन्थेनी बाबा, यहि आँशु झारी, टिकाको थालीमा।
त्यहि आँशु टिका... पठाईदिऊँ कि…२, सालको पातमा।
अल्झेछ क्यारे, पछ्यौरी तिम्रो, चियाको बुटामा।…२

भन्थेनी दाईले, भाईटिकामा, बहिनी फर्केला।…२
क्षितिजमा जस्तै, निधारमा हाम्रो, इन्द्रेणी लर्केला।
दिनभरी काग... कराई रह्यो…२ ,बेलको ठुटामा।

अल्झेछ क्यारे, पछ्यौरी तिम्रो, चियाको बुटामा।…२
बल्झेछ क्यारे सिमलको काँडा, कलिलो खुट्टामा।
अल्झेछ क्यारे, पछ्यौरी तिम्रो, चियाको बुटामा। 



केही मिठो बात गर, रात त्यसै ढल्किदै छ।...२
भरे फेरी एकान्तमा, रुनु त छदैछ।
केही मिठो बात गर, रात त्यसै ढल्किदै छ।

रमाईलो कुरा गर, सपनाको कुरा गर।...२
संगसंगै बिताएको, सम्झनाको कुरा गर...२।
दुख छोड, दुखलाई त, जिन्दगानी छदैछ।
भरे फेरी एकान्तमा, रुनु त छदैछ।
केही मिठो बात गर, रात त्यसै ढल्किदै छ।

आऊ नाचौं, अँध्यारोमा, जुनकिरी नाँचे जस्तै।...२
बतासमा उडौ आज, सिमलको भुवा जस्तै...२।
दुई कदम साथ हिडौ, छुट्टिनु त छदैछ।
भरे फेरी एकान्तमा, रुनु त छदैछ।
केही मिठो बात गर, रात त्यसै ढल्किदै छ। 



चिनारी हाम्रो, धेरै पुरानो रहेझै लाग्दछ।
नदेखे पनि भेट सधै-सधै, भएझै लाग्दछ।
चिनारी हाम्रो, धेरै पुरानो रहेझै लाग्दछ।

शीतल दिन्छौ, पवन भएर, मिर्मिरे याममा।...२
मायालु न्यानो स्पर्ष दिन्छौ, किरणको रूपमा।
झनझनै बस्छ, संगीत तिम्रो, हरेक तन्तुमा।
आशाको दियो आफै नै बल्छ, अँध्यारो कुनामा।
चिनारी हाम्रो, धेरै पुरानो रहेझै लाग्दछ।

हजार खोजे, त्यो रुप हेर्न, पाउदै पाईन।...२
मायाले छुने, हाथ छाम्न खोजे, समाउनै सकिन।
भनिदेउ आज, को हौ तिमी, मैले त जानिन।
विरंगी रुप, फेरेर आउने, तिमीलाई चिनिन।
चिनारी हाम्रो, धेरै पुरानो रहेझै लाग्दछ।



तिम्रो जस्तो मुटु मेरो पनि, तिम्रो जस्तो माया मेरो पनि।
नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि।
तिम्रो जस्तो मुटु मेरो पनि।

तिमीलाई अंगाली कताकता, भागीजाने धोको मेरो पनि।
तर पाऊमा दस्तूरको, तिम्रो जस्तो कल्ली मेरो पनि।
दुई प्रान एक नभए पनि, तिमीसितै बाँच्छ मेरो पनि।
नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि।
तिम्रो जस्तो मुटु मेरो पनि।

देवता त हैन म पनि,धेरै कमजोरी छ मेरो पनि।
पिर वेदना तिम्रो जति, त्यति नै त छ यहाँ मेरो पनि।
रातमा रोएछौ तिमी पनि, तिमी जस्तै रोएँ मै पनि।
नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि।
तिम्रो जस्तो मुटु मेरो पनि। 



तिमीले भनेका, सारा देव छोएर।...२
म.…किरिया खान, कहाँ सक्छु र।
यदि मान्छौ भने म, तिम्रै देव भनेर ,
म त खाइदिन्छु कसम, आफैलाई भाकेर।
तिमीले भनेका, सारा देव छोएर।

तारालाई साछी राखेर, बाचा नै कहिले खाएथे।
पानीमा औला चोपेर, सन्धी नै कहिले गरेथे।
अनि बाध्यताको के कुरा, पाप धर्मको के कुरा।
विश्वास गर, भन्छौ भने, अविस्वास नै कहिले गरेथे।
तिमीले भनेका, सारा देव छोएर।

रातभर तिमी रोइदिंदा, रोएथे म केहि बेर।
केहि बेर तिमी हाँसीदिंदा, हाँसेथें म धेरै बेर।
अनि पौरुषताको के कुरा, चौडा छातीको के कुरा।
सुखमा हाँस भन्छौ भने, दुखमा कहिले रोएथे।

तिमीले भनेका, सारा देव छोएर।
म ….किरिया खान, कहाँ सक्छु र।



तिमी जुन रहरले, म मा फुल्न आयौ।
सबै सुख हराए, सधैँ चोट पायौ।
म डुब्दो किनारा, कहाँ हास्न सक्नु।
व्यर्थै तिमीले मेरो, हात समायौ।

वैशालु ति तिम्रा रहरहरुमा,
न मैले कहिले हरियाली कोरें।
रक्ताम्य ति तिम्रा अधरहरुमा,
न मैले कहिले खुशियाली पोतें।
र सायद रीसाएउ, तिमी भित्रभित्रै।
न कि ति तिम्रा, खुलदुली सोधें।

रुझेहुन ति तिम्रा, पलक र आँखा,
म सँग कहिले ईशारा नबोल्दै।
रुखे हुन ति तिम्रा, योवन र भाखा।
म संग कहिले, निस्वाश नखोल्दै।
र सायद सराप्यौ, सधै वैशलाई।
जो सुन्यतासंगै, बिलाए म जस्तै।

तिमी जुन रहरले, म मा फुल्न आयौ।
सबै सुख हराए, सधैँ चोट पायौ।



मेरा सबै रात अब, मातहरु भए।
जिन्दगीनै नबुझ्ने, बातहरु भए।
आफैलाई राख्ने यहाँ, कुनै ठाउँ भएन।...२
सबै बास बेहोशीका बारातहरु भए।...२
मेरा सबै रात अब।

सधै यो सडकमा म...२, के के रोज्दै हिड्छु।
आफन्तको माझमा, परिचय खोज्दै हिड्छु।
भुलेर बजारभरिका...२, हजार वैश हरु।
म त आफैलाई हराई, आफै खोज्दै हिड्छु...२।
मेरा सबै रात अब।

कहिलेकाहिँ बिर्सिएर...२, आकाश खोज्दै हिड्छु।
भत्किएको मेरो पुरानो, त्यो बास खोज्दै हिड्छु।
धेरै भयो अल्झेको...२, यहाँ भिड भित्र।
तिनै भिडमा जिन्दगीको, आभाष खोज्दै हिड्छु...२।

मेरा सबै रात अब, मातहरु भए।
जिन्दगीनै नबुझ्ने, बातहरु भए।
आफैलाई राख्ने यहाँ, कुनै ठाउँ भएन।...२
सबै बास बेहोशीका बारातहरु भए।...२



जीवनको हरेक मोडमा, तिमीले मलाई भेट।...२
म भागे जस्तो गर्छु, तिमी मेरो बाटो छेक छेक।
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट।

म धेरै टाढा हुन्न, तिमीले मलाई खोज।
तिमीलाई भेटेपनि, तिमीलाई म त छुन्न।
तिम्रै नशालु हाथले, तिमीले मलाई छोउ।
म डराए जस्तो गर्छु, तिमीले आँट मलाई देउ।
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट।

जब लड्न-लड्न खोजछु, म तिम्रो सामु पुग्दा।
ति कोमल पाखुरामा, तिमीले मलाई थाम।
तिमीले चाहेजति माया, तिमीले मलाई देऊ।
म रिसाए जस्तो गर्छु, तिमीले मलाई फकाऊ।
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट।


[यति चोखो यति मिठो, दिउला तिम्लाई माया।
बिर्सनेछन यी साराले, पुराना प्रेमका कथा।]...२

[मेरो सारा जीवन, सबै तिमीलाई।
मिठा मिठा क्षणहरु, सबै तिमीलाई।]...२
मेरो खुशी मेरो सुख, सबैसबै तिमीलाई।
यति चोखो। आ हा, आ हा , हो हो।

[आँखाभित्र बस्नु तिमी, छातीमा निदाउनु।
सपनीमा पनि मलाई, सुस्तरी चिहाउनु।]...२
सधैसधै तिमी मेरी माया बनि आउनु आउनु।

यति चोखो यति मिठो, दिउला तिम्लाई माया।
बिर्सने छन यी साराले, पुराना प्रेमका कथा।



मलाई छोडी मेरो छाँया, कतै झरेछ। ...२
तिमीसंग आईपुग्दा, साझै परेछ।
मलाई छोडी मेरो छाँया, कतै झरेछ।

तेसै कतै बिते मेरा, चिसा-चिसा रातिहरु।...२
तातो माया सँगालेर...२,खोजीरहे साथीहरु...२।
वैश छँदा नभोगेको, रातै ढलेछ।
तिमीसंग आईपुग्दा, साझै परेछ।
मलाई छोडी मेरो छाँया, कतै झरेछ।

नलेखेको गीत मेरो, पाखाभरि गाए जस्तो। ...२
नदेखेको माया मेरो...२, आँखाभरि पाए जस्तो...२।
जिन्दगीको छेउमा कतै, ज्योती झरेछ।
तिमीसंग आईपुग्दा, साझै परेछ।
मलाई छोडी मेरो छाँया, कतै झरेछ।
जब-जब नेपाली गीत, संगीतको बारेमा सोचिन्छ वा चर्चा सुरु हुन्छ, नारायणगोपालको नाम सँगै जोडीएर आउँछ । मंसिर १९ अर्थात डिसेम्बर ४ तारिक, स्वरसम्राट नारायण गोपाल यस लोकबाट बिदा भएको २३ बर्ष पुग्दैछ तैपनी उनका गीतहरु आज पनि सर्बाधिक सुनिने र मन पराउने गीतमा पर्छन । बिक्रम सम्बत १९९६ असोज १८ गते काठमाडौं को किलगल टोलमा जन्मिएका नारायण गोपाल आज यसलोकमा हुनुहुन्न तर उहाँका सिर्जना जिवित छन, उहाँको स्वर जिवित छ । त्यो स्वर जस्मा अदभूत मिठास र गम्भिरता थियो, मान्छेका माया, प्रेम र बिरहका मर्मस्पर्शी भावहरु उनको स्वरमा सर्लक्क अटाएका थिए र नै त उहाँ यस लोकबाट बिदा भएर जाँदा लाखौं नेपालीको आँखा रसाएका थिए ।
वहाँको २३ औं पुण्य स्मृतिमा वहाँप्रति हार्दिक श्रद्धा सुमन ।



[F: ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो।
M: जादैन वाचा खेर, पर्ख लिन आउला।]...२  
F: ए कान्छा।

[F: मिर्मिरे उषामा, औठी साट्न आउनु।
F: सिरमा रेशमी फेटा बाँधी आउनु।] ... २
M: अमुल्य हीरालाई, फुलैफुलको डोली।
M: बाजालाई अघि लाई, बैशाखैमा आउला।
F: ए कान्छा।

[M: ओभानो सिउदोमा, सिन्दूर छरीदिउला।
M: सुनको चुराले, नाडी सजाई दिउला।] ... २
F: सितारा जडेको, घुम्टो म ओढी।
F: सुस्तरी,लाजले निहुरी म आउला।

F: ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो।
M: जादैन वाचा खेर, पर्ख लिन आउला।
F: ए कान्छा।



[एउटा मान्छेको मायाले कति,फरक पर्दछ जिन्दगीमा।]...२
एउटा साथीको साथले कति,फरक पर्दछ जिउनुमा।
एउटा मान्छेको मायाले कति,फरक पर्दछ जिन्दगीमा।

शिशिर यामको जाडोमा पनि...२ फुल्दछ फूल  मुस्कानको।
अँध्यारो औंसीको रातमा पनि,बल्दछ दियो विश्वासको।
नयन भरिको आसुमा पनि...२ बसेको हुन्छ तस्विर त्यो।
हृदय भरिको चोटमा पनि,लुकेको हुन्छ, मायालु त्यो।
एउटा मान्छे को मायाले कति,फरक पर्दछ जिन्दगीमा।

बिछोड हुँदाको दुखमा पनि...२ भरोसा हुन्छ मिलनको।
झगडा हुँदाको बेलामा पनि,पत्यार हुन्छ साहारा को।
मायालु बिनाको हुँदो हो कति ...२ उराठ लाग्दो, संसार यो।
पिरती बिनाको हुँदो हो कति,निराश एक्लो, सम्झना यो।
एउटा मान्छे को मायाले कति,फरक पर्दछ जिन्दगीमा।
You Might Also Like These Songs
Total Views