जहाँ तिमी त्यहाँ म हुन नपाउदा। ...२
तिमी रुंदा तिमी संगै रुन नपाउँदा।
माया बोक्ने मुटु नै काटे जस्तो भो।
मैले टेक्ने धर्ती नै फाटे जस्तो भो। ...२

के छ तिम्लाई कस्तो छ, बुझ्न नपाउदा।
तिम्रो आँसु हातले पुछ्न नपाउदा। ...२
दैबले नै ठुलो खेल ...२ खेले जस्तो भो।
आधी मात्र बिष पिएर ढले जस्तो भो।
माया बोक्ने मुटु नै काटे जस्तो भो।
मैले टेक्ने धर्ती नै फाटे जस्तो भो।

मन परेको फूल टिपेर उन्न नपाउदा।
तिमी मेरै हौ भनेर छुन नपाउदा। ...२
देउता बोल्ने मन्दिर कहाँ छ ...२ खोज्न मन लाग्छ।
कुन जनममा के पाप गरे सोध्न मन लाग्छ।
माया बोक्ने मुटु नै काटे जस्तो भो।
मैले टेक्ने धर्ती नै फाटे जस्तो भो।
जहाँ तिमी त्यहाँ म .....



बेहोश भई ढलें भने ...२ आएर पानी हलिदिनु।
बाचे भने बाची हालें, मरे भने फालिदिनु। ...२
बेहोश भई ढलें भने।

बाबा र आमालाई रुन नदिनु। ...२
आँसुले मुहार धुन नदिनु।
मेरो भाई भनि, मेरो चिता माथि,
प्यारी दिदीलाई छुन दिनु। ...२
बेहोश भई ढलें भने।

गिद्द र कौवालाई घुम्नलाई दिनु। ...२
आफन्ती पराईलाई झुम्नलाई दिनु।
मेरो लाश माथी फूलमाला चढाई,
बैगुनी पापीलाई चुम्न नदिनु। ...२

बेहोश भई ढलें भने ...२ आएर पानी हलिदिनु।
बाचे भने बाची हालें, मरे भने फालिदिनु। ...२
बेहोश भई ढलें भने।
You Might Also Like These Songs
Total Views