Deshle Ragat Magein



[देसले रगत मागे, मलाई बली चढाउ।
रुदिनन मेरी आमा, उ नेपालीकी छोरी।] ...२

[बुढेसकालका लाठी, देस यज्ञभित्र होमि।
मेरी बुढीआमा गोठमै, हाँसी-खुशी देखिंछिंन।] ...२
ति कागडाका संतान, अझै मरेका छैनन।
तर चियाबारी र बास घारी, कुरिरहेका हुंछन।
पाउदिन केहि पनि, रगत स्तनको साटो।
आउदैन माग्न उसलाइ, उ नेपालीकी छोरी। ...२

[यमराजको सिर छिनाउने, सारा पृथ्वीका संतान।
बघिनिको दुध हैन, त्यो त नेपालिको स्तन।] ...२
सक्दिन म त बाच्न, निर्धा भएर एकछिन।
बरु सहिद भएर,वीरकै मृत्यु म मर्छु।
हामी वीर बनेर मर्छौ, गोली त उ सहंछे।
माग्दिनन सुनका अक्षर, उ नेपाली कि छोरी।

[देसले रगत मागे, मलाई बली चढाउ।
रुदिनन मेरी आमा, उ नेपालीकी छोरी।] ...२
You Might Also Like These Songs
Total Views