Bhulu Bhulu Lagyo




भुलुभुलु लाग्यो मलाई, सपनीमा।
मिठो लाग्दैन बिपनी, हो...मिठो लाग्दैन बिपनी।
रोजुरोजु लाग्यो मलाई, अधेरी नै।
मिठो लाग्दैन उजेली, हो...मिठो लाग्दैन उजेली।

रातदिन आँखा मेरो, भिजिदिन्छ त्यसै-त्यसै। ..२
पिरतीको भाका मिठो, संझी हिड्थे सधै-सधै।
तर रहेछ नी राजै, मुटु बिझाउने, दुनिया हसाउने,
हो .. पलपल मनै जलाउने।

भुलुभुलु लाग्यो मलाई, सपनीमा।
मिठो लाग्दैन बिपनी, हो मिठो लाग्दैन बिपनी।
रोजुरोजु लाग्यो मलाई, अधेरी नै।
मिठो लाग्दैन उजेली, हो मिठो लाग्दैन उजेली।

कसरि भन्नु मैले जीवन हो घामपानी। ..२
बित्नलाई बितिदिन्छ,एकोहोरो जिन्दगानी।
कसैलाई हाँसो धेरै, कसैलाई आँसु धेरै।
एकनास छैन हो ...., सम्झे अनौठो कहानी।

भुलुभुलु लाग्यो मलाई, सपनीमा।
मिठो लाग्दैन बिपनी, हो...मिठो लाग्दैन बिपनी।
रोजुरोजु लाग्यो मलाई, अधेरी नै।
मिठो लाग्दैन उजेली, हो...मिठो लाग्दैन उजेली।
You Might Also Like These Songs
Total Views