Chot Ke Ho

चोट के हो, व्यथा के हो? ..२
म जस्तो घाइते लाइ सोध।
मिलन के हो, खुशी के हो? ..२
म संग ..२  कहिले सोध्दै न सोध।
चोट के हो?

[मलाइ लाग्छ यो जीवन मेरो,
चोटै-चोटले भरिएको छ।] ..२
सागर भन्दा गहिरो व्यथा। ..२
यो मुटुभित्र छरिएको छ।
चोट के हो?

[गम्भीर भन्छन सबै मलाइ,
मेरो उदास मुहार देखि।] ...२
भन्दैनन कोहि यो बाचेको छ। ..२
छातीभरि घाउ बोकी।

चोट के हो, व्यथा के हो? ..२
म जस्तो घाइते लाइ सोध।
मिलन के हो, खुशी के हो? ..२
म संग कहिले सोध्दै न सोध।
चोट के हो?
You Might Also Like These Songs
Total Views