Yesai Barsha Gharko Dhuri



[यसै बर्ष घरको धुरि ..२ , छाउनै पर्ने थियो.. २]...२
कुन पापीले खरबारीमा, आगो लगाइदियो।…४

मेरै मान्छे मै संग, बोल्न छोडी दियो। ...२
अनायाशै दोबाटोमा, बाटो मोडिदियो।
घरै छेउको मुलको पानी..२, यसै वर्ष सुक्यो.. २।
जीवन दिन्छु भन्थेउ प्रिय, के मा चित्त दुख्यो।…४

खोरियामा लाको बाली, असिनाले कुट्यो।...२
सुख हुँदा लाको माया, दुख पर्दा छुट्यो।
भने हुन्थ्यो बरु मलाइ..२, कस्तो गल्ती भयो...२।
माफी माग्ने मौकासम्म नदिएर गयो।…४

[यसै बर्ष घरको धुरि ..२ , छाउनै पर्ने थियो.. २]...२
कुन पापीले खरबारीमा, आगो लगाइदियो।…४
You Might Also Like These Songs
Total Views