Yesai Gari Bitaidinchhu



यसै गरि बिताईदिन्छु, दुई दिनको जिन्दगी।
हाँसोमा लुटाईदिन्छू, आफु आँसुमा डुबी।
यसै गरि बिताईदिन्छु, दुई दिनको जिन्दगी।

[भिड छ म भिडमा आफुलाई बिलाईदिन्छु।
बिर्सिदिन्छु आफुलाई, होशमा हराई दिन्छु।]…२
कि त लुकी यतै कतै, रोई दिन्छु सुस्तरी।
हाँसोमा लुटाईदिन्छू, आफु आँसुमा डुबी।
यसै गरि बिताईदिन्छु, दुई दिनको जिन्दगी।

[च्यातिदिन्छु आफुलाई, बालीदिन्छु साँझमा।
फालिदिन्छु आफुलाई, दीन हरुको माझमा।]…२
गाइदिन्छु गीत आफ्नो, आफैलाई नै पिई।
हाँसोमा लुटाईदिन्छू, आफु आँसुमा डुबी।
यसै गरि बिताईदिन्छु, दुई दिनको जिन्दगी।  
You Might Also Like These Songs
Total Views