Jun Maya Lai




जुन मायालाई फुल सम्झेथे।...२
त्यहि मायाले छिया-छिया पारीगयो मन।...२
सबैको मन जित्छु भन्थे।…२
तर आज आफै संग हारी गयो मन।...२
जुन मायालाई फुल सम्झेथे।

[आज हामी टाढा हुनु,
उनको मात्र गल्ती थिएन कि सायद।]...२
पर्यो आज एक्लै रुनु ...२,
भाग्यले नि साथ दिएन कि सायद।...२
जुन मायालाई खुशी सम्झेथे।
त्यहि मायाले आँसु बनाई, झारिगयो मन।...२
सबैको मन जित्छु भन्थे।…२
तर आज आफैसंग हारीगयो मन। ...२
जुन मायालाई फुल सम्झेथे।

[भुलगरें मैले पनि,
उनको चाहना लै बुझ्न नसकेर।]...२
भुल गरिन उनले पनि...२,
मैले जस्तै प्रेमलाई बुझ्न नसकेर।...२
जुन मायालाई जीवन सम्झेथे।
त्यहि मायाले हास्दै हास्दै मारीगयो मन।...२
सबैको मन जित्छु भन्थे।…२
तर आज आफैसंग हारीगयो मन। ...२
जुन मायालाई फुल सम्झेथे।
You Might Also Like These Songs
Total Views