Bhana Ke Ke Garnuparchha




भन के के गर्नुपर्छ, तिम्रो साथ पाउनलाई।…२
मलाई मन छ तिमीसंगै, चोखो माया लाउनलाई।
चोखो माया लाउनलाई।
भन के के गर्नुपर्छ, तिम्रो साथ पाउनलाई।

माग्नु पर्छ भने पनि, भए जति देउतासँग।…३
भए जति देउतासँग।
तयार छु म मन्दिर, मस्जिद गुम्बाहरु धाउनलाई।
मलाई मन छ तिमीसंगै, चोखो माया लाउनलाई।
चोखो माया लाउनलाई।
भन के के गर्नुपर्छ, तिम्रो साथ पाउनलाई।

तिमी मेरो सर्वश्व हौ, तर तिमी बाहेक यहाँ।…२
तर तिमी बाहेक यहाँ।
तयार छु म दुनियाँका, सबै थोक गुमाउनलाई।
मलाई मन छ तिमीसंगै, चोखो माया लाउनलाई।
चोखो माया लाउनलाई।
भन के के गर्नुपर्छ, तिम्रो साथ पाउनलाई। 
You Might Also Like These Songs
Total Views