Ma Door Bhaera Ke Bho


म दूर भएर के भो।
अभिषाप छाएर के भो।
यति रोए जिन्दगीमा, कि फेरी रोएर के भो।]...२
म दूर भएर के भो।

जति भावना छन सबै, रित्ता छन यति रित्ता।...२
ति जागरणका……, उत्साह छन रित्ता-रित्ता।
तिम्रो साथ छुटेर के भो, नयाँ हाथ पाएर के भो।
यति खोज्छु सम्झनलाइ, कि बिर्सिसकेर के भो।
म दूर भएर के भो।

आफ्नै यी धडकनहरु, भिन्न छन यति भिन्न।...२
बदलेछु म स्वयं नै, लाचार छु स्वयं चिन्न।
म उदास भएर के भो, म खुशी भएर के भो।
यति विरान जिन्दगी छ, कि विरानी आए के भो।
म दूर भएर के भो।
You Might Also Like These Songs
Total Views