Chhuttiyera Timi Sanga


[छुट्टिएर तिमीसँग, बाँच्न सक्ने भए।
किन तिम्रो मायाको, भिख माग्नु पर्थ्यो।]…२
म त सधै भरि तिम्लाई, माया गर्ने मान्छे।
म त तिम्रो साथ विना, जिउंदै मर्ने मान्छे।
छुट्टिएर तिमीसँग, बाँच्न सक्ने भए।
किन तिम्रो मायाको, भिख माग्नु पर्थ्यो।

[को नै तयार छ र यहाँ, माया विना बाँच्न।
एउटा लाई मन दिएर, अर्को संग हाँस्न।]…२
म त सधैभरि तिम्रो, भलो चाहने मान्छे।
तिम्रो खुशी जता चल्छ, उतै जाने मान्छे।

[बर्षौ देखि गुम्सिएका, कति कुरा भन्नु छ।
एकपल पनि नछुटिने, तिम्रो जोडी बन्नु छ।]…२
म त सधैभरि तिम्रो, जीवन चाहने मान्छे।
म त सधै भरि तिम्रो, धड्कन सुन्ने मान्छे।

छुट्टिएर तिमीसँग, बाँच्न सक्ने भए।
किन तिम्रो मायाको, भिख माग्नु पर्थ्यो।
म त सधै भरि तिम्लाई, माया गर्ने मान्छे।
म त तिम्रो साथ विना, जिउंदै मर्ने मान्छे।
छुट्टिएर तिमीसँग, बाँच्न सक्ने भए।
किन तिम्रो मायाको, भिख माग्नु पर्थ्यो।
You Might Also Like These Songs
Total Views