Samayara Timile




[समाएर तिमीले, छोड्यौ हात किन।
मुटु साटी तिमीले, गर्‍यौ घात किन।]…२
खाएको कसम तोड्नु थियो भने।
लाएको माया भुल्नु थियो भने।
माया गर्छु भनि, रुवाउनु किन।...२

[पिठँयुबाट हान्यौ छुरा, बोल्न सम्म पाइन।
हेर्दा हेर्दै पराई भयौ, रोक्नै सकिन।]…२
एकोहोरो भयो मन, आँशु थामिएन।
जतिसुकै सोचे पनि, कारण भेटिएन।
खाएको कसम तोड्नु थियो भने।
लाएको माया भुल्नु थियो भने।
माया गर्छु भनि, अल्झाउनु किन।…२

[दुनियाँको नौलो जोडी, बन्ने कुरा गर्थ्यौ।
बाँचुन्जेल साथ दिन्छु, मर्छु सँगै भन्थ्यौ।]…२
मरिहत्ते किन गर्‍यौ, छाडी जाने भए।
त्यस्तो साईनो किन जोड्यौ, तोडी लाने भए।
खाएको कसम तोड्नु थियो भने।
लाएको माया भुल्नु थियो भने।
माया गर्छु भनि, रुवाउनु किन।…२
You Might Also Like These Songs
Total Views