Ke Chha Khabar




के छ खबर, हजुरको अचेल।...२
संबन्ध किन, दुरदुरको अचेल।...२
के छ खबर, हजुरको अचेल।

न राग मिल्छ, न ताल मिल्छ।...२
जीवनको धुन, बेशुरको अचेल।...२
के छ खबर, हजुरको अचेल।

तिर्खालु छैनन, श्रद्दलु छैनन।...२
शिरको उच्च, गजुरको अचेल। ...२
के छ खबर, हजुरको अचेल।

रित्तो छ मन, रहर छैन।...२
समय कस्तो, झूरझूरको अचेल।...२
के छ खबर, हजुरको अचेल।
You Might Also Like These Songs
Total Views