Aawaj Deu Malaai




आवाज देऊ मलाई, तिमी कहिँ कतै भए।...२
आँसु झरिरहेछन, तिमीलाई सम्झेर।
बोलाऊ मलाई, मेरो प्रिय।
आवाज देऊ मलाई, तिमी कहिँ कतै भए।

तिमीलाई पर्खिरहेकी छु, तिम्रो बाटो हेरेर।
नासो भै बसेकी छु, सपनाहरु सजाएर।
सोध्नेले त के के सोध्छन, कति दिउ जवाफ।
आऊ तिमी लिन मलाई, तिमीलाई हजार माफ...२।

तिमीनै हौ मेरो संसार, तिमीनै हौ बाच्ने आधार।
दिनरात कल्पिन्छु म, तिमीलाई बारम्बार।
नानाथरी सुन्ने पर्ने, नसुने झैँ कति गरूँ।
तिमीलाई भेटेपछि, मर्नु परे पनि मरुँ...२।

आवाज देऊ मलाई, तिमी कहिँ कतै भए।
You Might Also Like These Songs
Total Views