Ye Lagyo Lagyo Nasha



ए लाग्यो लाग्यो नशा, तिम्रो रुपले...२।
म मर्छु कि प्रिय, तिम्रो, मुस्कानले।...२
ए लाग्यो लाग्यो पिर, तिम्रो हेराईले...२।
म मर्छु कि प्रिय, तिम्रो, बोलिले।...२

लुकीलुकी हेर्छौ मलाई, फेरी नहेरे झैँ गर्छौ।
आइदेउन मेरो साथ, बहाना धेरै गर्छौ।
म मर्छु कि प्रिय, तिम्रो, अदाले।...२

सपनीमा आई मलाई, किन जिस्काउछौ हरपल।
तिम्रो हातले मेरो हात, किन छुन खोज्छ हरपल।
म मर्छु कि प्रिय, तिम्रो, स्पर्शले।...२
You Might Also Like These Songs
Total Views