Kahan Pokhincha Aansu




[कहाँ पोखिन्छ आँसु, जबसम्म दुख्दैन घाऊ।
कहाँ चस्किन्छ मन, जबसम्म जल्दैन छाती।]...२

मेरो एक्लो बाटोले, तिम्रो पाईला खोज्दै थियो।...२
मेरो बिउझने रातले, तिम्रो सपना सोच्दै थियो।...२
कहाँ पोखिन्छ आँसु, जबसम्म दुख्दैन घाऊ।
कहाँ चस्किन्छ मन, जबसम्म जल्दैन छाती।
कहाँ पोखिन्छ आँसु।

मेरो बेटुंगो यात्राले, तिम्रो साथ माग्दै थियो।...२
मेरो सुनसान घरले, तिम्रो बास सोदधै थियो।...२
कहाँ पोखिन्छ आँसु, जबसम्म दुख्दैन घाऊ।
कहाँ चस्किन्छ मन, जबसम्म जल्दैन छाती।
कहाँ पोखिन्छ आँसु।…४
You Might Also Like These Songs
Total Views