Timro Mero Sambandha Ko




[तिम्रो मेरो सम्बन्धको, अर्थ खोज्न कर लाग्यो।...२
ऐना हेरी आफै संग, प्रश्न सोध्न डर लाग्यो।]...२

[जिन्दगीको लामो यात्रा संगै गर्छु भन्नेले।
तिमीसंगै हाँसी खुशी, संगै मर्छु भन्नेले।]...२
दोबाटोमा छादिदिएउ, एक्लै हिड्न कर लाग्यो।
ऐना हेरी आफै संग, प्रश्न सोध्न डर लाग्यो।

[मुटुभित्र बास मागी, मन डढाउनेले।
थाहै नदिई कलेजीमा, छुरा चलाउनेले।]...२
हास्दै बिदा मागीदिएउ, जाऊ भन्नै कर लाग्यो।
ऐना हेरी आफै संग, प्रश्न सोध्न डर लाग्यो।

[स्मृतिका छाल छाडी, टाढा गईदिनेले।
आँखाभरी आँसु दिई, पराई भैदिनेले।] ...२
हृदयको घाऊ दिएउ, सुम्सुम्याउनै करलाग्यो।
ऐना हेरी आफै संग, प्रश्न सोध्न डर लाग्यो।

तिम्रो मेरो सम्बन्धको, अर्थ खोज्न कर लाग्यो।...२
ऐना हेरी आफै संग, प्रश्न सोध्न डर लाग्यो।
You Might Also Like These Songs
Total Views