Ma Ta Roye Roye




[म त रोएँ रोएँ, तिम्रो सम्झनामा,
तिमी किन रोयौ, भन मेरी माया।]…२
म त रोएँ रोएँ...

[धर्तीले टाढा, भई गए पनि।…२
मनले टाढा, सोच्दिन कहिले।]…२
तिमीले सम्झ-बिर्स मायालु।…२
तिमीलाई भूल्ने, छैन म कहिले।
म त रोएँ रोएँ तिम्रो सम्झनामा।

[सोचेको कहिले, नपुग्दो रहेछ।…२
मन मात्रै दुखि, बनाए मैले। ]…२
आँखाले आँशु, बगाए पनि।…२
जतनले मनमा, राख्ने छु मैले।

म त रोएँ रोएँ, तिम्रो सम्झनामा,
तिमी किन रोयौ, भन मेरी माया।
म त रोएँ रोएँ... 
You Might Also Like These Songs
Total Views