Kathmandu Chutyo




काठमाण्डु छुट्यो हेर्दा हेर्दै, आकाश माथि उडिहालें म।...२
याद आयो आफ्नै देशको, याद आयो आफ्नै गाउँको।
धेरै टाढा पुगिंहालें म, काठमाण्डौ छुट्यो हेर्दा हेर्दै।

बिदेशिन मन थिएन बाध्यतामा परें म।...२
जति दुख गर्दा पनि, अभावमै मरे म।
जन्मभूमि छुट्यो, साथीभाई छुटे।
याद आयो मायालुको।...२
धेरै टाढा पुगिं हालें म, काठमाण्डु छुट्यो हेर्दा हेर्दै।

जहाँ पुगें पनि सधैं, ठक्कर मात्र पाउँछु म।...२
थाहा छैन अब फेरि, कहिले फर्कि आउँछु म।
लेकबेसी छुट्यो, उतै खुशी छुट्यो।
याद आयो मायालुको।...२
धेरै टाढा पुगिं हालें म, काठमाण्डु छुट्यो हेर्दा हेर्दै।
You Might Also Like These Songs
Total Views