Bhagwan Kahan Ma Jau




[भगवान कहाँ म जाउँ, त्यो ठाउँ खै कहाँ छ।
मन यो जहाँ बिसाउँ, मन यो जहाँ बिसाउँ।]…२

हो बुद्धिमान मान्छे, मान्छे बिचारवान।…२
किन हो परन्तु उसमा, खुल्दैन मैत्री ज्ञान।
यो ताप मेट्न तिम्रो, छायाँ कहाँ म पाउँ।
मन यो जहाँ बिसाउँ, मन यो जहाँ बिसाउँ।]…२
भगवान कहाँ म जाउँ।

कुन ठाउँ शान्त भन्नु, मन भ्रान्त हाई मेरो।…२
बत्ती बलेनि देख्छु, संसार नै अधेंरो।
कहिले म हाई यो मन, सम्भावले सजाउँ।
मन यो जहाँ बिसाउँ, मन यो जहाँ बिसाउँ।]…२

भगवान कहाँ म जाउँ, त्यो ठाउँ खै कहाँ छ।
मन यो जहाँ बिसाउँ, मन यो जहाँ बिसाउँ।
भगवान कहाँ म जाउँ।
You Might Also Like These Songs
Total Views