Bhagwan Timrai




भगवन तिम्रै पावन घर हो, मेरो चित्त सघन।…२
पल-पलको यो श्वास-प्रश्वास, तिम्रै भक्ती भजन।
भगवन तिम्रै पावन घर हो, मेरो चित्त सघन।

[प्यास पिएर निभाएँ मैले, तृष्णा लोभ जलन।
पाएँ तिम्रै अभय चरणमा, शीतल शान्त शरण।]…२
भगवन तिम्रै पावन घर हो, मेरो चित्त सघन।
पल-पलको यो श्वास-प्रश्वास, तिम्रै भक्ती भजन।
भगवन तिम्रै पावन घर हो, मेरो चित्त सघन।

[वर्षाले धोए पछि जसरी, सङ्ग्लो हुन्छ गगन।
राग द्वैषले त्यसरी नै म, आज छु मुक्त मगन।]…२
भगवन तिम्रै पावन घर हो, मेरो चित्त सघन।…२
पल-पलको यो श्वास-प्रश्वास, तिम्रै भक्ती भजन।
भगवन तिम्रै पावन घर हो, मेरो चित्त सघन।
You Might Also Like These Songs
Total Views