Yo Naniko Siraima




[यो नानीको शिरैमा, इन्द्रकमल फुल फुल्यो।
मगमग चल्यो वासना।]... २
[अनिदोले हो कि, मोहनीले हो कि।
यो नानीको शिरै ढल्केको।]...२

[हामी पनि रितिन्गको, तिमी पनि रितिन्गको।
लाईदेऊ माया एकै किसिमको।]...२
[चोली दिउँला मखमली, सारी दिउँला फाइवर।
मै हुँ कान्छी, रेलको ड्राइबर।]...२

[अन्कुशीले तानुकी, झट्टारोले हानुकी।
यो नानीको शिरमै मोहिनी।]...२
[पालुङ्ग्टारको गोरुले, सल्यान गाउँ को बिउ खायो।
कान्छी ल्याउदा, जेठी जिल खायो।]...२

[यो नानीको शिरैमा, इन्द्रकमल फुल फुल्यो।
मगमग चल्यो वासना।]...२
You Might Also Like These Songs
Total Views