Kina Aauthyo




किन आउँथ्यो याद तिम्रो भूल्न सक्या भए।
तिमी जस्तै अर्कै दिलमा, फूल्न सक्या भए।
प्रित रोपी फूल रोपेर, नगोडेको भए।
फूले पछि बगरमा, नछोडेको भए।
किन आउँथ्यो, याद तिम्रो, भूल्न सक्या भए।

छेपारोले जस्तै रंग फेर्यौ बेइमानी।
धनकै लागि बिश्वासघात गर्यौ बेइमानी।
आज तिमीले मेरो साथ नछोडेको भए।
मलाई छाडी अन्तै नाता नजोडेको भए।
मेरै साथमा हुन्थ्यौ तिमी, कसले पाउँथ्यो छुन।
एक-अर्काको यादमा जलि, किन पर्थ्यो रुन।
किन आउँथ्यो याद तिम्रो, भूल्न सक्या भए।

केहि क्षण अझै तिमीले साथ दिएको भए।
सुख-दुख समाउने हात दिएको भए।
आज पनि तिमी र म सँगै हुन्थ्यौ होला।
सँगै सँगै सफलताको शिखर चुम्थ्यौं होला।
तर तिमीले हाम्रो नाता तोडी गए पनि।
बिश्वासको सुन्दर महल फोडी गए पनि।

तिमीले भूल्यौ तर तिमीलाई भूल्नै सकिन नि।
तिमी जस्तै अर्कै दिलमा, फूल्न सकिन नि।
प्रित रोपी फूल रोपेर, नगोडेको भए।
फूले पछि बगरमा, नछोडेको भए।
किन आउँथ्यो, याद तिम्रो, भूल्न सक्या भए। 
You Might Also Like These Songs
Total Views