Paniko Rimjhim




पानीको रिमझिम, बर्षातको बेला।
[पानीको रिमझिम, बर्षातको बेला।
धित मारेर किन रुझेकी।]…२
हिस्सी परेको, निधार तिम्रो।…२
लाजले ब्यर्थै, किन छोपेकी।…२
पानीको रिमझिम, बर्षातको बेला।

[बिहानी लाली झै, तिमी उज्याली।
तिम्रै रुप, रंगीन हरियाली।]…२
तिमी हेरिदेउ…२, मोहनी आँखाले।
चुमेर हेराई, सजाऊ खुशीले।…२
पानीको रिमझिम, बर्षातको बेला।

[अधरमा चढेछ, प्रिती सुवास।
योवन भरि, वैशालु मधुमास।]…२
औला छोईदेउ…२, वाचा गरेर।
जीवनको गीत, तिमीनै भनेर।…२

[पानीको रिमझिम, बर्षातको बेला।
धित मारेर किन रुझेकी।]…२
हिस्सी परेको, निधार तिम्रो।…२
लाजले ब्यर्थै, किन छोपेकी।…२
पानीको रिमझिम, बर्षातको बेला।
You Might Also Like These Songs
Total Views