Timi Chhau Ra Ta




तिमी छौ र त प्रिय, यो मुटु आरामले चल्ने गर्छ।…२
पलभर ओझल भयौ भने…२, जिन्दगी त्यसै नै गल्ने गर्छ।
तिमी छौ र त प्रिय, यो मुटु आरामले चल्ने गर्छ।…२
एकपल टाढा भयौ भने…२, मनमा कुरा अनेकौ खेल्ने गर्छ।
तिमी,तिमी, तिमी।…२

माया भएर फैलिदिनु, मनको हरेक कुनाहरूमा।…२
शित बनेर झरिदिनु, मनको हरियो मुनाहरुमा।
तिमी,तिमी, तिमी।

विश्वासको पुल बाँधीदिनु, मनको सुन्दर झिल हरुमा।…२
मलम बनेर शितल दिनु, हरेक पीडाको खिल हरुमा।

तिमी छौ र त प्रिय, यो मुटु आरामले चल्ने गर्छ।
एकपल टाढा भयौ भने…२, मनमा कुरा अनेकौ खेल्ने गर्छ।

तिमी,तिमी, तिमी।…२
You Might Also Like These Songs
Total Views