Kahile Bhetu




[कहिले भेटुँ, कहिले छुटुँ।
कहिले रिसाउँ, कहिले फकाउँ।]...२
पिरतीको कुरै नगरौ।
यो त साह्रै, साह्रै,साह्रै,साह्रै झेल्ला हुन्छ।
यसले साह्रै, साह्रै,साह्रै,साह्रै सताउछ।
किन यस्तो हुन्छ।…३

[हजार चोट थोरै लाग्छ, न त काट्दा दुख्छ।
मुटु भित्रै गढ़िबस्छ, न धुँदा नि जान्छ। ]...२
प्रियशीको कुरै यस्तै हो।
यो त साह्रै, साह्रै,साह्रै, साह्रै झेल्ला हुन्छ।
यसले साह्रै, साह्रै,साह्रै, साह्रै सताउछ।
किन यस्तो हुन्छ।…३

[मन पर्नुले सीमा नाग्छ, मन उतै तिर जान्छ।
दुखै पनि मिठो लाग्छ, पिर टाढा भाग्छ। ]...२
मायालुको कुरै यस्तै हो।
यो त साह्रै, साह्रै,साह्रै, साह्रै झेल्ला हुन्छ।
यसले साह्रै, साह्रै,साह्रै, साह्रै सताउछ।
किन यस्तो हुन्छ।…३
You Might Also Like These Songs
Total Views