Jindagile Hisaab Magcha



जिन्दगीले हिसाब माग्छ, घटाऊ भने तिमीलाई।…२
बन्दकीमा छ यो मुटु, अटाऊ भने तिमीलाई।
जिन्दगीले हिसाब माग्छ।

विधानमा के लेखेछ, सोचेको त अर्कै थियो।…३
निभेको छु उज्यालोमा, खटाऊ भने तिमीलाई।
बन्दकीमा छ यो मुटु, अटाऊ भने तिमीलाई।
जिन्दगीले हिसाब माग्छ।

स्वार्थले घेरिएछु कि, बन्धनमा परेको हुँ।…२
स्वार्थले घेरिएछु कि, बन्धनमा परेको पो हुँ।
आत्माले धिक्कार्छ कि, हटाऊ भने तिमीलाई।
बन्दकीमा छ यो मुटु, अटाऊ भने तिमीलाई।

जिन्दगीले हिसाब माग्छ,घटाऊ भने तिमीलाई।
बन्दकीमा छ यो मुटु, अटाऊ भने तिमीलाई।
जिन्दगीले हिसाब माग्छ।
You Might Also Like These Songs
Total Views