राई माईलाले गाउँ छोड्यो रे, बाटो छेकि देउ न।
कुन गाडीमा चढ्यो होला, कुन घुम्ती काट्यो होला। 
ढाँट राखिदेउ न, ए फर्क भनिदेउ न।  
राई माईलाले गाउँ छोड्यो रे।…२

शिरमा ढाका टोपी, कुममा काने झोला। 
गोलो चिम्सो आँखा, खुकुरी नि होला। 
नाम सोधे उसलाई, फूल झैँ हाँसी देला। 
कोटको गोजी भित्र, हाम्रो फोटो होला। 
त्यहि फोटो हेर्दै, भोली माईला रोला। 
बिन्ती तर्न नदेउ, उनलाई अरुण खोला। 
ए फर्क भनिदेउ न।
  
राई माईलाले गावै छाड्यो रे।…२

उ गई गयो भने, खेत कल्ले खन्छ। 
सन्चो बिसन्चो मा, के छ कल्ले भन्छ। 
को कलिया बन्छ, को मलामी जान्छ। 
एउटा मान्छे जाँदा, एक्लै कहाँ जान्छ। 
उल्ले गाउँदै हिड्ने, गीत पनि लान्छ। 
बिन्ती रोक उसलाई, घडी फूल ले भन्छ। 
ए फर्क भनिदेउ न।

राई माईलाले गावै छाड्यो रे।…५ 
You Might Also Like These Songs
Total Views