Ukali Orali Haruma



उकाली ओराली हरुमा, भन्ज्यांग अनि चौतारी हरुमा।
सुन्दर ति, दह हरुमा, हिमालका विशाल छातीहरुमा।
जहाँ जहाँ जान्छौ तिमी, म पाईला बनि पछ्याई रहन्छु।
ति छहरा, खोला, खहरेहरुमा, सम्झना बनि बगिरहन्छु।
उकाली ओराली हरुमा।

तराईका हरिया फाँटमा, पहाडका तरेलीहरुमा।…२
हिमालका सुन्दर, अनि विकट ति, बस्ती-बस्तीहरुमा।
जहाँ जहाँ जान्छौ तिमी, म बाटो बनि साथै आईरहन्छु।
ति सुस्केरा,थकाई,सुसेलीहरुमा, गीत बनि गुन्जिरहन्छु।
उकाली ओराली हरुमा।

मुटु कमाउने जाडो हरुमा, कपाल दुख्ने गर्मीहरुमा।…२
मन हर्ने सुन्दर दृष्य, शान्त-शितल वातावरणमा।
जहाँ जहाँ जान्छौ तिमी, म आकाश बनि देखिरहन्छु।
ति लेक,बेशी अनि पाखा हरुमा, पवन बनि भेटिरहन्छु।

उकाली ओराली हरुमा।
You Might Also Like These Songs
Total Views