Ankhama Nind Chhaina




[आँखामा निँद छैन, मनमा चैन छैन।
किन भयो के भयो, मलाई केहि थाहा छैन।
कसैलाई सम्झिरहन्छु, एकान्तमा हराईरहन्छु।
सायद मायामा फसें कि,सायद मायामा फसें कि म।…२]…२

कसैलाई सम्झन्छु म, आफैलाई भुलिरहन्छु।
यतै हुन्छु कल्पनामा, अर्कै संसार डुलिरहन्छु।
उनकै माया पोखिपोखी…२ मेरो आँखा भिजाई रहेछु।
सायद मायामा फसें कि,सायद मायामा फसें कि म।…२

माया हो कि, पिर हो कि खुशी हो कि मनमा आज।
कहिले उदास कहिले दङ्ग, के के हुन्छ तनमा आज।
कोहि आउने बाटो हेरी…२, दोबाटोमा चिहाई रहेछु।
सायद मायामा फसें कि,सायद मायामा फसें कि म।…२

आँखामा निँद छैन, मनमा चैन छैन।
किन भयो के भयो, मलाई केहि थाहा छैन।
कसैलाई सम्झिरहन्छु, एकान्तमा हराईरहन्छु।
सायद मायामा फसें कि,सायद मायामा फसें कि म।…२
You Might Also Like These Songs
Total Views