Badal Haru Ho




बादलहरु हो आकाश ढाकी, नबसिदेऊ।…२
जुन हेर्ने प्रियाशीको, मन, दुखाई नदेऊ।…२
बादलहरु हो आकाश ढाकी, नबसिदेऊ।

यो सहर बाँचेको छ, बोकी सपनाको भारी।…२
आफ्नो इच्छा पुरा गर्छन, अरुलाई नै मारी।…२
जहाँ मन सल्केको छ, त्यहाँ निभाउन जाऊ।…२
आफु गर्जेर भएपनि, त्यहाँ वर्षा गराऊ।…२
बादलहरु हो आकाश ढाकी, नबसिदेऊ।

लगिदेऊ सर खुशीहरु, गाऊघर तिर।…२
शहर मात्र हैन तिम्रो, जाऊ गाउतिर।…२
पाखाभरि झूलेका छन, अजम्बरी फूल।…२
बर्षी देऊ, फुलाई देऊ मनैभरि फूल।…२

बादलहरु हो आकाश ढाकी, नबसिदेऊ।
You Might Also Like These Songs
Total Views