Bhulna Khojera Pani




भुल्न खोजेर पनि कहाँ, भुल्न सकियो।…२
कहाँ बगैँचा मनको…२, सजाउन सकियो।
बितेको पल यहीँ, परेली भित्र थियो।
चिम्लेर आँखा कहाँ, निदाउन सकियो।
भुल्न खोजेर पनि कहाँ, भुल्न सकियो।

उस्तै त थियो घर, उस्तै आगनी लाग्यो।…२
उस्तै नै थियो जून…२, उस्तै बिहानी छायो।
चैत्रको बतास उस्तै, उस्तै वैशाख थियो।
मनलाई तर कहाँ, सम्झाउन सकियो।  
भुल्न खोजेर पनि कहाँ, भुल्न सकियो।

समय बग्दो खोला, कहाँ कहिले फर्कियो। ... २
सम्झना पो साँचेर...२, दिल आफ्नो चर्कियो।
हिजोको कुरा सारा, सपना भैसक्यो।
जानेर पनि कहाँ, समाउँन सकियो।

भुल्न खोजेर पनि कहाँ, भुल्न सकियो।
कहाँ बगैँचा मनको…२, सजाउन सकियो।
बितेको पल यहीँ, परेली भित्र थियो।
चिम्लेर आँखा कहाँ, निदाउन सकियो।
भुल्न खोजेर पनि कहाँ, भुल्न सकियो।
You Might Also Like These Songs
Total Views