Sabaile Dine




सबैले दिने उस्तै हुन्छ माया, तर म नौलो प्रीत दिन्छु।…२
तिमीलाई नै सम्झी, सम्झी रहेको।...२
मुटु भरिको चोखो गीत दिन्छु।...२

भन्दिन म तिमीलाई, टिपेर आकाशको जून दिन्छु।...२
बरु गीत आकाशमा सधै गुन्जिरहने, यहि गीतको मिठो धून दिन्छु।

भन्दिन म तिमीलाई, जिन्दगी भरि नै साथ दिन्छु।...२
बरु मन आकाशमा सधै खेलिरहने, यहि गीतको न्यानो भाव दिन्छु।

सबैले दिने उस्तै हुन्छ माया, तर म नौलो प्रीत दिन्छु।…२
तिमीलाई नै सम्झी, सम्झी रहेको।...२
मुटु भरिको चोखो गीत दिन्छु।...२

सबैले दिने।  
You Might Also Like These Songs
Total Views