Timi Yasai Lajaayau



तिमी यसै लजायौ, म उसै धकाए।
न बोल्यौ तिमी नै, न मैले बोलाए।
कति स्वप्न आए, परेलीमा बस्न।…२
न सोध्यौ तिमीले, न मैले सुनाए।
तिमी यसै लजायौ, म उसै धकाए।
न बोल्यौ तिमी नै, न मैले बोलाए।

वैशालु पाखाभरी…२, कोही चरे झैँ।
नजरको नशालु, कुलेसो तरे झैँ।
हुरी चल्छ मनमा, तिमी भित्र छौ कि।…२
मेरो दिल हरायो, तिमीले लियौ कि।

तिमी यसै लजायौ, म उसै धकाए।
न बोल्यौ तिमी नै, न मैले बोलाए।

यो कस्तो, हो माया…२ , मुटु बाढिए झैँ।
म हास्दा अधरमा, तिमी बाटिए झैँ।
झरिपर्छ तनमा…२ , तिमीले छोयौ कि।
म बग्दो नदीको, तिमी बाँध हौ कि।

तिमी यसै लजायौ, म उसै धकाए।
न बोल्यौ तिमी नै, न मैले बोलाए।
कति स्वप्न आए, परेलीमा बस्न।…२
न सोध्यौ तिमीले, न मैले सुनाए।
तिमी यसै लजायौ, म उसै धकाए।
न बोल्यौ तिमी नै, न मैले बोलाए।
तिमी यसै लजायौ, म उसै धकाए।…३   
You Might Also Like These Songs
Total Views