Jhir Ma Uninu




[झिरमा उनिनु, त्यो एउटा कुरा।
पिरमा उनिनु त्यो, एउटा कुरा।
नभिज्ने आँखा कसको छ र।
तर झर्नु नझर्नु, त्यो अर्कै कुरा।]…२
झिरमा उनिनु, त्यो एउटा कुरा।

मैले कहाँ भने र, पिरै पिर भो भनेर।…२
तलतल खस्दा पनि, भिरै भिर भो भनेर।
कराएरै जन्मे…२, चुपचाप मरुला।
जतिसकै चलोस, मनमा छुरा।
झिरमा उनिनु, त्यो एउटा कुरा।

भाग्य कहाँ खसेर, अन्धकार नै भएछ।…२
झुकिझुकी बोल्दा पनि, अहंकार भै गएछ।
हराएरै गए…२, चुपचाप बसुँला।
जतिसुकै खेलोस, मनमा कुरा।

झिरमा उनिनु, त्यो एउटा कुरा।
पिरमा उनिनु त्यो, एउटा कुरा।
नभिज्ने आँखा कसको छ र।
तर झर्नु नझर्नु, त्यो अर्कै कुरा।
झिरमा उनिनु, त्यो एउटा कुरा।
You Might Also Like These Songs
Total Views