Ma Mare Pani Malai


म मरेपनि मलाई, मेरो देशको माया छ।
यो छातीभरि, मुरिका मुरी, नेपालको माया छ।
म मरेपनि मलाई।

म खेले जहाँ, म हुर्के जहाँ, त्यहि आँगन प्यारो छ।
यो छाती भित्र लुकेर आउने, माया नै माया छ…२।
म मरेपनि मलाई, मेरो देशको माया छ।
यो छातीभरि, मुरिका मुरी, नेपालको माया छ।
म मरेपनि मलाई।

सेरो र फेरो, यो देश मेरो, माटोको माया छ।
वीरका छोरा, नेपाली मेरा, पुर्खाको माया छ…२।
म मरेपनि मलाई, मेरो देशको माया छ।
यो छातीभरि, मुरिका मुरी, नेपालको माया छ।
म मरेपनि मलाई।

जहाँ म जाँउ, नेपाली हुँ म, नेपालको माया छ।
धर्तीमा मेरो, भन्नु नै यहि छ, यसैको माया छ…२।
म मरेपनि मलाई, मेरो देशको माया छ।
यो छातीभरि, मुरिका मुरी, नेपालको माया छ।
म मरेपनि मलाई। 
You Might Also Like These Songs
Total Views