Himal Ko Kakh Ma


हिमालको काखमा छ, सानो मेरो गाउँ।…२
पर्वतकी छोरी हुँ म, पार्वती हो नाउँ…२।

कालो-कालो…२, बादलमा केश फ़िजाउछु।
कलकल बग्दै म यो, देश भिजाउँछ।
प्रभातमा…२,टल्किएको मोती जस्तो शित।
प्रभातमा टल्किएको, मोती जस्तो शित।
यो माटोमा रोपे कि हुँ, मैले चोखो प्रित…२।
पार्वती हो नाउँ।

यो देशमा…२, ल्याउछु म नयाँ नयाँ रंग।
रमाउदै गाउछु म, कोइलीको संग।
मेरो हासो…२, संगालेर फूल मग्मगाउछ।
मेरो हासो संगालेर, फूल मग्मगाउछ। 
पार्वती हो नाउँ।

रात पनि…२, निदाउछ , मेरो नयन मा।
नयाँ दिन उदाउछ, मेरो बदनमा।
बतासमा…२, हराउँदै गएपनि तर।
बतासमा हराउँदै गएपनि तर।
स्वर्गजस्तो नेपाल हो, मेरो माईती गाउँ…२।  
पार्वती हो नाउँ।

हिमालको काखमा छ, सानो मेरो गाउँ।
पर्वतकी छोरी हुँ म, पार्वती हो नाउँ…२।
You Might Also Like These Songs
Total Views