Timlai Hansera


तिम्लाई हाँसेर विदा मात्र दिई सकेंथे।
आँसु झरिसकेछन, म तिम्लाई पुछ्न थांले…२।
तिमी मलाई छोडीगैसकेको मात्रै के थियो।
तिमी फर्कने दिन, म हतारिदै गन्न लांगे…२।

[यो दुई दिनको बिछोड पनि कति नमिठो।
के बिर्सिए जस्तो, हराए जस्तो, नपुगे जस्तो।]…२
मान्छेको हुल बीच पनि, सुन्य पन कस्तो।…२
ताराहरु लाई छोडी चन्द्र लुकिदिए जस्तो।     

तिम्लाई हाँसेर विदा मात्र दिई सकेंथे।
आँसु झरिसकेछन, म तिम्लाई पुछ्न थांले…२।

[यी दिन, यी रातका हरपल नरमाईला।
लाग्छ समय नै सुस्तिएर, चलिदिए जस्तो।]…२
ति मिठा गीतका धून पनि, कति झर्को लाग्दा।…२
फूल झरी, काँडा मात्र बाँकी भईदिए जस्तो।

तिम्लाई हाँसेर विदा मात्र दिई सकेंथे।
आँसु झरिसकेछन, म तिम्लाई पुछ्न थांले…२। 
You Might Also Like These Songs
Total Views