Guransa Ko Phed Muni


[गुराँसको फेदमुनि, सम्झनाको छायाँ।
जहाँ गएनी किन लाग्छ, मलाई तिम्रै माया।]…२

[एकबारको मात्र हो, यो हाम्रो जुनी।
माया बिना किन हुन्छ, निस्ठुरी तिमी।]…२
आजै गई बुडासुब्बा, लेखुँ नाम बाँसैमा।…२
कति बसुँ म तिमी, आउने आसैमा।
गुराँसको फेदमुनि, सम्झनाको छायाँ।
जहाँ गएनी किन लाग्छ, मलाई तिम्रै माया।

[लोककथाको राजकुमार, मै तिम्रो लागी।
तिम्रो साथ पाएँ भने, उड्छू बादल माथी।]…२
भरिए छ तिम्रै मायाले, मेरो यो छाती।…२
जसरि नि पाई हाल्छु, पन्चकन्या भाकी।
गुराँसको फेदमुनि, सम्झनाको छायाँ।
जहाँ गएनी किन लाग्छ, मलाई तिम्रै माया।…२
You Might Also Like These Songs
Total Views