Karod Mutu Haruko


करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल।…२
न तिमी हुन्थेउ, न म नै हुन्थे, नभए नेपाल।
करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल।

चौतारी मेला, रोधी र भैलो, नेपाली कण्ठले।
रमाइलो पार्दै, यो फुलबारी, छत्तिसै बर्णले।
मेचीको लहर, उर्लदो माया, पूर्वमा ल्याउँछ।
कालीको छाल संगै सुसेली, पस्छिममा गाउँछ।
दुई कोटी नजरहरुको एउटै, नानी यो नेपाल।…२
न सगरमाथा, न धौलागिरी, न भए नेपाल। 
करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल।

यहि लेक माथी गुराँस भुल्दा, देउराली बन्दछ।…२
लाखौको आशा, श्रम र शिप, बेशीमा फल्दछ।
यो देश हुन्छ, धर्तीमा एउटा, नेपाली भईन्जेल।
यो जाती हुन्छ, चन्द्र र सुर्य, संसारमा रहिन्जेल। 
सीताको माईती, वीर भुमी, बुद्धको नेपाल।…२
न फेवा रारा, न यती डाँफे, न भए नेपाल।

करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल।…२
न तिमी हुन्थेउ, न म नै हुन्थे, नभए नेपाल।
करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल…३।
You Might Also Like These Songs
Total Views