Yo Karma Bhumiko


[यो कर्मभुमीको आँगनमा, कर्मको उदाहरण।
प्रस्तुत गरेर देखाऊ, यहाँको धर्ती बाँझो छैन…२।
बिकासको फुल फुलाउ।…२]…२

विश्वास गर्छन यहाँका मानिसहरु, शब्दमा हैन, कर्ममा।…२
बिकासको लहर पुर्याउनु छ, शहरमा हैन गाउँमा।
गाउँ, गाउँमा।…२
यो शान्ती क्षेत्रको आँगनमा, शान्तीको उदाहरण।
प्रस्तुत गरेर देखाऊ, यहाँको धर्ती बाँझो छैन…२।
बिकासको फुल फुलाउ।…२

निर्माण गर्ने अपार शक्ती छ, हामी नेपालीका पाखुरीमा।…२
देशभक्ती दौडीरहन्छ, यहि रगतको थोपामा।
थोपा, थोपामा।…२
यो पुन्यभूमीको आँगनमा, धर्मको उदाहरण।
प्रस्तुत गरेर देखाऊ, यहाँको धर्ती बाँझो छैन…२।
बिकासको फुल फुलाउ।…२
You Might Also Like These Songs
Total Views