Mero Nepal


[तिमीलाई म भुल्न सक्दिन।
जहाँ जाउँ, तिम्रो याद आइरहन्छ ।
यो खोला, यो नाला, यो पहाड भन्ज्यांगले।
मलाई, बोलाई रहन्छ।] …२
मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल।
मेरो देश मलाई, लाग्छ प्यारो।...२

[डाँडा काँडा, हरियाली यहाँ, आगनै भरि।
लालीगुराँस, चाप-चमेली फुल्छ थरीथरी।] ...२
खोलानाला झरनाको मिठो सुसेली।
आइरहन्छ, यो मनमा झल्झली।…२
मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल।
मेरो देश मलाई, लाग्छ प्यारो।...२

[सगरमाथा शिर बनि, यहाँ उभिएको छ।
करोडौ मुटु माझ तिनी, सझिएको छ। ]…२
बीर महात्मा, बुद्ध जन्मिएको देश।
मलाई प्यारो-प्यारो लाग्छ, आफ्नै स्वदेश।…२
मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल।
मेरो देश मलाई, लाग्छ प्यारो।... २

तिमीलाई म भुल्न सक्दिन।
जहाँ जाउँ, तिम्रो याद आइरहन्छ ।
यो खोला, यो नाला, यो पहाड भन्ज्यांगले।
मलाई, बोलाई रहन्छ।
मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल।
मेरो देश मलाई, लाग्छ प्यारो।...३ 
You Might Also Like These Songs
Total Views