Resham Filili


भारी भो भारी भो बैनी, नेपालमा एउटै जुनी यो।
कहिले म हास्नी हो बैनी,  नेपालमा कैले रुनी हो।
वारी म जाउँ कि, म पारी जाउँ, बिचैमा पिरती।
हो रेशम फिरिरी…३, रेशम फिरिरी।

ठेली-ठेली चल्दछ, जिन्दगीको मोटर।…२
के ले लाउने खाने खै, बरै छैन केहि भर।
म त मुलुक बसुँ कि, म मुगलानै पसौं कि।
मलाई भनिदिने को छ र, को छ र बरै।
उकाली लागुं कि, ओराली झरुं, आँतै भो जिरिरी।
हो रेशम फिरिरी…३, रेशम फिरिरी।

दिन रात चल्दो छ, तर जोवन गल्दो छ।...२
कहिले घरजम गर्ने खै, बरै वैश ढल्दो छ।
कैले ढिकी जस्तो भो, कैले जाँतो जस्तो भो।
जोवन ठाउँ को ठाउँ मै फिलिली, फिलिली बरै।
बेसुरे धुनैमा, बजाउँदै मनको, मुरली तिरिरी।
हो रेशम फिरिरी…३, रेशम फिलिली।
You Might Also Like These Songs
Total Views