Gaun Gaun Bata Utha


[गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ।…२
यो देशको मुहार, फेर्नलाई उठ।…२]…२

[हातमा कलम हुनेहरू, कलम लिएर उठ।
बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ।]...२
गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ।…२
यो देशको मुहार, फेर्नलाई उठ।…२

[हातमा औजार हुनेहरू, औजार लिएर उठ।
साथमा केही नहुनेहरू, आवाज लिएर उठ।]…२
गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ।…२
यो देशको मुहार, फेर्नलाई उठ।…२
You Might Also Like These Songs
Total Views