Barha Baishakh


नेपाली हौ, नेपालीको लागि।…२
कोहिछैन हाम्रो, बिकल्प अर्को।
मिलेर लागौ, कर्ममा हामी।...२
पुछ्नुछ आँसु, आमाको मनको।
सिंगार्न थाल्छौ, जब भग्नता।
हास्नेछिन आमा, घर फर्कदा...२।

निराशा हैन, आँखामा हाम्रो।...२
झुल्किनु पर्छ, नडुब्ने घाम।
मान्छेले आँटे, केहिछैन गार्हो।...२
सकिन्छ गर्न, जुनसुकै काम।
टेकेर हिड्छौ, जब भिन्नता।
सकिन्छ जित्न, सबै उच्चता...२।

नहुनु थियो, भएरै छोड्यो।
आँसुले घाऊ, पुरिन्न हाम्रो।
हामी छौ बाँकी निर्माणका लागि।
यो देश बनाऊँ, झन् धेरै राम्रो।
शक्ती मा साटौं, अब  व्यग्रता।
देशै हो भक्ती, सदा सर्वदा...२।
You Might Also Like These Songs
Total Views