Timi Sanga


तिमीसँग नजिक भएर, खै कुन पाप गरें।…२
लाग्दैछ जिन्दगीकै बिरुद्ध, सहि छाप गरें।…२

नदी बगेकै थियो, जुन झुल्केकै थियो।…२
जिन्दगी आफ्नै लयमा…२, चलिरहेकै थियो…३।
लय आफ्नै जिन्दगीको, बर्बाद गरें।…२  
लाग्दैछ जिन्दगीकै बिरुद्ध, सहि छाप गरें।…२

जब तिमी थिईनौ, सबै मेरा थिए।
तिमी आयौ भनि मैले…२, सबै बिर्सिदियें…३।
ढुँगालाई पग्ली भनेर, करकाप गरें।…२
लाग्दैछ जिन्दगीकै बिरुद्ध, सहि छाप गरें।…२

तिमीसँग नजिक भएर, खै कुन पाप गरें।…२
लाग्दैछ जिन्दगीकै बिरुद्ध, सहि छाप गरें।…२
You Might Also Like These Songs
Total Views